images

Sep 30 2026 | २०८३, असोज १४ गते

नेपाल-भारत जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको होइन : राजेन्द्र महतो

नेपाल-भारत जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको होइन : राजेन्द्र महतो

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २५ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २५ २०८२
  • नेपाल-भारत जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको होइन : राजेन्द्र महतो

    काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल-भारत खुला सीमाको दुरुपयोग गरी आतंकवादी गतिविधि हुन नहुने बताएका छन् ।

    आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आतंकवादलाई जन्मन दिन नहुने बताए । कहिलेकहीँ राज्यले आतंक सिर्जना गर्ने गरेको उनले बताएका छन् ।

    आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरण रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताए।

    कुनै पनि नाममा गरिएको आतंकवादको समर्थन गर्न र राम्रो मान्न नसकिने उनको भनाइ छ । दक्षिण एशिया आतंकवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनै पनि प्रकारका आतंक हुन नहुने बताए ।

    नेपाल-भारत जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि उनले बताए । पूर्वीय सभ्यता र दर्शनलाई दुनियाँले आत्मसाथ गर्न जरुरी रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट