images

Sep 30 2026 | २०८३, असोज १४ गते

अनिल झाले छाडे लोसपा, राजीनामा स्वीकृत

अनिल झाले छाडे लोसपा, राजीनामा स्वीकृत

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २७ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २७ २०८२
  • अनिल झाले छाडे लोसपा, राजीनामा स्वीकृत

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् ।

    वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी गराए । ती नेताका अनुसार अनिलकुमार झाले पार्टीबाट दिएको राजीनामा स्विकृत समेत भइसकेको छ ।

    लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए । लोसपाका नेता रामप्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए ।

    ‘उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको ५र६ महिना जति भयो’ चौधरीले भने, ‘औपचारिक रुपमा उहाँले पार्टी छाड्नु भएको जानकारी छैन । पार्टीलाई जानकारी नभएपछि मलाई पनि थाहा हुने कुरा भएन ।’ झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट