images

Sep 30 2026 | २०८३, असोज १४ गते

लामिछानेलाई भेटेपछि लिङ्देनको टिप्पणी : न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गर्यो

लामिछानेलाई भेटेपछि लिङ्देनको टिप्पणी : न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गर्यो

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २७ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २७ २०८२
  • लामिछानेलाई भेटेपछि लिङ्देनको टिप्पणी : न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गर्यो

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलले भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

    अध्यक्ष लिङ्देनले मंगलबार सभापति लामिछानेलाई भेटेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

    उनले देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको टिप्पणी गरेका छन्।

    'आज दोस्रो पटक भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेँ। भेटमा सञ्चो बिसञ्चो, राष्ट्रिय राजनीति, संसदको गतिविधि, रूपन्देहीमा हुने उपनिर्वाचन लगायत विविध पक्षमा कुराकानी भयो,' उनले भनेका छन्, 'देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ।'

    उनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको पनि बताएका छन्। उनले गृहमन्त्री रमेश लेखकको पनि ध्यानाकर्षण गराएका छन्।
    'गृहमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु, उहाँलाई तत्काल काठमाडौं सार्न उपयुक्त हुन्छ,' लिङ्देनको भनाइ छ।

    सभापति लामिछाने गत चैत २२ गतेदेखि भैरहवा कारागारमा छन्। सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएका थियो। त्यसयता उनी भैरहवा कारागारमै छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट