images

Sep 30 2026 | २०८३, असोज १४ गते

लोसपा छाडेका अनिलकुमार झाले ब्युँताए सद्भावना पार्टी

लोसपा छाडेका अनिलकुमार झाले ब्युँताए सद्भावना पार्टी

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २८ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २८ २०८२
  • लोसपा छाडेका अनिलकुमार झाले ब्युँताए सद्भावना पार्टी

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। लोसपाले वरिष्ठ नेताबाट दिएको राजीनामा स्वीकृत गरिसकेको छ।

    निष्क्रिय रहेको पार्टीलाई निरन्तरता दिन लागेको नेता झाले बताए। उनले  भने, ‘नेपाल सद्भावना पार्टी लामो समयदेखि निष्क्रिय थियो। मैले लोसपा छाडेर यसको नेतृत्व गर्ने गरी ब्युँताएको हुँ। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ।’

    उनले पार्टीको झण्डा र चुनाव चिह्न पुरानै हुने बताए। उनले भने, ‘पार्टी कमिटी कति बनाउने भन्नेबारे हामी छलफलमा छौँ। निर्वाचन आयोगले पनि अद्यावधिक गरेपछि हामीले बाँकी काम अगाडि बढाउँदैछौं। चुनाव चिह्न पाँच औँला देखिएको हात हो।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट