images

Sep 30 2026 | २०८३, असोज १४ गते

गृहमन्त्रीलाई निकिताको प्रश्न: अदालतको अड्डासार आदेश निर्देशनमा किन रोकियो ?

गृहमन्त्रीलाई निकिताको प्रश्न: अदालतको अड्डासार आदेश निर्देशनमा किन रोकियो ?

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २८ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २८ २०८२
  • गृहमन्त्रीलाई निकिताको प्रश्न: अदालतको अड्डासार आदेश निर्देशनमा किन रोकियो ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले श्रीमान् रवि लामिछानेले अड्डासारको सुविधा नपाएको भन्दै प्रश्न गरेकी छिन्।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आम थुनुवाले पाउने अड्डासारको सुविधा आफ्नो श्रीमानले किन नपाएको भन्दै प्रश्न गरेकी हुन्।

    उनले लेखेकी छिन्,'गृहमन्त्री रमेश लेखकजी नमस्कार, आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन ? अदालतमा मुद्दाको पेसी चढेपछि तपाईँकै निर्देशनमा तपाईँकै मान्छेबाट न्यायिक परिषद्मा उजुरी पर्छ।,'

    उनले गृहमन्त्रीले न्यायालयलाई खुल्लमखुल्ला धम्क्याएको पनि आरोप लगाएकी छिन्। 'उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिङ्क आफ्नो सचिवालयलाई सम्बन्धित सबैका मोबाइल मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ किन ?' उनले लेखेकी छिन्, 'मुद्दाको पेशी चढेकै दिन न्यायपरिषदमा उजुरी पुगेपछि तपाईँहरू जस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ? न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने यो ऑट तपाईँलाई कहाँबाट आउँछ ? रुपन्देही कारागारमा श्रीमान् भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ ।'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट