images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेस सधैं नवप्रवर्तन र रुपान्तरणको पक्षमा छ : शेरबहादुर देउवा

कांग्रेस सधैं नवप्रवर्तन र रुपान्तरणको पक्षमा छ : शेरबहादुर देउवा

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २९ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २९ २०८२
  • कांग्रेस सधैं नवप्रवर्तन र रुपान्तरणको पक्षमा छ : शेरबहादुर देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पषमा उभिँदै आएको बताएका छन् ।

    कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले थप अघि भने, ‘अब हामी सबै मिलेर(प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’

    उनले अहिले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएको बताउँदै समयको बचत गरेको बताए । उनले सूचना-प्रविधिको विकास हुन धेरै सकारात्मक भए पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पुर्‍याएको बताउँदै नागरिकलाई सचेत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताएका छन् ।

    डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको उनले बताए ।

    नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट