images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपा बर्खाको खहरे जस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

रास्वपा बर्खाको खहरे जस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १ २०८२
  • रास्वपा बर्खाको खहरे जस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्खाको खहरे बाढीजस्तै भएको टिप्पणी गरेका छन् । आज नेपाल पत्रकार महासंघ, पाल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

    उनले भने, ‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ । कमिला हिँड्न थाल्छन् । रास्वपा पनि अब हराउँदै जानेछ ।’ उनले विरोधमा रमाएर गरिने राजनीति लामो समय नटिक्ने दाबी गरे ।


    एमाले काँग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उनले जिकिर गरे।  मुलुकको सुरक्षीत भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य  बनाउछ। अहिलेको  सरकार ढल्नेवाला छैन । सरकार ढल्छ भनेर सपना नदेख्न उनले भने। सरकार सहमति अनुसार नै अगाडि बढेको छ। सरकारले मिलेर काम गरेको देखेपछि सरकार ढल्छ भन्नेहरू पनि बोल्न छाडेका मन्त्री पौडेलले बताए।

    अस्थिरताको खोजी गर्ने दिन गयो । अब नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजानबाट रोकिएको उनले बताए।

    दृष्टिकोण, एजेन्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको उनले बताए। पाल्पाको विकासमा सरकारले सम्झिएको छ । प्राथमिकताका साथ सरकारले बजेट विनियोजन गरेको मन्त्री पौडेलले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट