images

Sep 30 2026 | २०८३, असोज १४ गते

गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाइयो शव, बाट श्रीमान् पक्राउ

गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाइयो शव, बाट श्रीमान् पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १ २०८२
  • गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाइयो शव, बाट श्रीमान् पक्राउ

    काठमाडौं । गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाएर फरार भएको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो । 

    भारत भाग्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर वीरगञ्जबाट पक्राउ गरी सेन्चुरीलाई काठमाडौं ल्याइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको छ ।

    ३० साउनको राति ११ बजेतिर गोंगबु मित्रनगरस्थित भीममाया लिंखाले सञ्चालन गरेको कोशी होटल एन्ड लजको कोठा नम्बर २०१ मा एक महिलाको शव भेटिएको थियो । मृत महिला २७ वर्षीया ललिता बिक रहेको खुलेको थियो । ललिता सन्तोषको श्रीमती रहेको प्रहरीले बताएको छ । 

    २८ साउनमा ललिताका भाइ मोतिरामले आफ्नी दिदी हराएको भन्दै प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका थिए । त्यसपछि वृत्त महाराजगञ्जले श्रीमान् सन्तोषलाई बोलाएर सोधपुछ समेत गरेको थियो । श्रीमान सन्तोषसहित परिवारका सदस्यले ललिताले काम गर्ने गार्मेन्टमा खोज्न समेत गएका थिए ।

    तर ललिताको अवस्था पत्ता लागेको थिएन । हराएको भनिएको तीन दिनपछि होटलको कोठामा गन्ध आएको ३० साउनका राति ११ बजेतिर होटल सञ्चालक भीममाया लिंखाले प्रहरीलाई खबर गरेकी थिइन् ।

    प्रहरी गएर कोठामा हेर्दा बक्स पलङभित्र लुकाएको अवस्थामा शव भेटिएको थियो । उक्त शव तीन दिनअघि नै हरायो भन्दै निवेदन दिएकी महिला ललिताको रहेको पुष्टि भयो ।

    प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा मुखमा कपडा कोचिएको अवस्थामा बक्स पलङभित्र लुकाएको अवस्थामा महिलाको शव भेटिएको थियो ।

    प्रारम्भिक अनुसन्धानकै क्रममा हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढायो । सो क्रममा दुई वर्षअघि विवाह गरेका ललिता र सन्तोषको सम्बन्ध पछिल्लो समय राम्रो नभएको खुल्यो । सन्तोषको अर्को महिलासँग पनि सम्बन्ध रहेको ललिताले थाहा पाएपछि सम्बन्ध बिग्रँदै गएको पाइएको एक अनुसन्धान अधिकारीले बताए ।

    जसकारण सन्तोषले ललितालाई शारिरीक र मानसिक यातना दिँदै आएको आरोप समेत छ । त्यसपछि दुवै जना सम्बन्ध बिच्छेद गरेर आफूखुसी बस्ने भन्दै सहमति समेत जनाएका थिए । सोही क्रममा यसैको अन्तिम छलफल गर्न भन्दै सन्तोषले श्रीमतीलाई २७ साउनमा उक्त होटलमा बोलाएको पाइएको अपराध अनुसन्धान कार्यालयका डीएसपी अंगुर जिसीले बताए ।

    २७ साउनको दिउँसो उक्त होटलमा छिरेका उनीहरू दिउँसो ४ बजेतिर भने सन्तोष एक्लै उक्त होटलबाट बाहिरिएको सीसीटिभी फुटेजमा समेत देखिएको छ । २९ गते प्रहरीले बोलाएपछि महाराजगञ्ज गएका सन्तोष त्यसपछि भने मोबाइल अफ गरेर फरार भएका थिए ।

    वीरगञ्जबाट पक्राउ परेका सन्तोषले २/३ घण्टा कुरा गरेपछि विवाद भएकाले घाँटी थिचेर हत्या गरी शव लुकाएर फरार भएको बताएका छन् । हत्यापछि आफैंले परिवारका मान्छेलाई नभनेर प्रहरीमा उजुरी हाल्न लगाएको प्रहरीले सन्तोषलाई उदृत गर्दै भनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट