images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले–कांग्रेस मिलेर उपसभामुख इन्दिरा रानालाई हटाउन फेरि छलफलमा

एमाले–कांग्रेस मिलेर उपसभामुख इन्दिरा रानालाई हटाउन फेरि छलफलमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ३ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ३ २०८२
  • एमाले–कांग्रेस मिलेर उपसभामुख इन्दिरा रानालाई हटाउन फेरि छलफलमा

    काठमाडौँ । सत्ता साँझेदार कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेका छन्। 

    कांग्रेस र एमालेले गत वर्षनै रानालाई पदबाट हटाउने प्रयास गरेका थिए। तर, संसद्मा दुई तिहाइ नपुग्ने र उपसभामुखलाई हटाउँदा सरकारको आलोचना झन् बढ्ने देखिएपछि उनीहरु पछि हटेका थिए।  यसपटक रानालाई हटाउनको लागि संसद्मा दुई तिहाई पुर्‍याउन एकीकृत समाजवादीसँग पनि उनीहरुले सहयोग मागेका स्रोतले जनाएको छ। 

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी र शीर्ष नेताबीच छलफल चलिरहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

    आजै काङ्ग्रेसले संसदीय दलको बैठक पनि बोलाएको छ। उपसभामुख रानाको आचरणमा प्रश्न उठाउँदै उनलाई हटाउने तयारीमा दुई दल लागेका हुन्। गत वर्ष दुई दलले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका थिए। 

    संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ। राना रास्वपाको कोटाबाट उपसभामुख बनेकी हुन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट