images

Sep 29 2026 | २०८३, असोज १३ गते

माओवादी–रास्वपाको विरोधबीच भूमिसम्बन्धी विधेयक पारित

माओवादी–रास्वपाको विरोधबीच भूमिसम्बन्धी विधेयक पारित

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ५ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ५ २०८२
  • माओवादी–रास्वपाको विरोधबीच भूमिसम्बन्धी विधेयक पारित

    काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार (भदौ ५) भूमिसम्बन्धी विधेयक बहुमतले पारित गरिएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेपछि विधेयक पारित गरिएको बताइएको छ ।

    नेकपा (माओवादी केन्द्र)का सांसदले फरक मत लेख्ने भन्दै शुक्रबार (भदौ ६)सम्मको समय मागेका थिए । तर, समितिबाट विधेयक पारित गरिएपछि फरक मत नराखी माओवादी सांसदहरू बाहिरिए ।

    माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पनि असहमतिसहित बैठकबाट बाहिरिएका छन् । बाँकी सांसद भने हस्ताक्षरका निम्ति बैठककक्षमै बसिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट