images

Sep 29 2026 | २०८३, असोज १३ गते

मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ५ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ५ २०८२
  • मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

    काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताएका छन् ।

    काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

    ‘जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो । यो त्यही कार्यालय हो,’ पोखरेलले भने ।

    आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ थियो । 

    ‘के प्रतिबद्धता व्यक्त गरेको छ भने, आउने दिनमा जननेता मदन भण्डारीका विचार, उहाँको ऐतिहासिक भूमिका विश्व रंगमञ्चमा पुर्‍याउने उद्देश्य राखेर यो कार्यालय स्थापना गरेको मैले बुझेको छ । यो अनुसार यो कार्यालयले सफलता प्राप्त गरोस्,’ पोखरेलले भने ।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचारको प्रखरताको झन्डा बोकेर अघि बढ्ने बेलामा मदन भण्डारी फाउन्डेशनले भूमिका खेलेको उनले बताए ।

    ‘म सम्झन्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर अघि बढ्नुभएको थियो,’ पोखरेलले सम्झिए, ‘त्यसबेलादेखि नै मदन भण्डारी फाउन्डेशन जोडिँदै आयो । उहाँको सामिप्यता पाएर फाउन्डेशनले महत्त्वपूर्ण भूमिका खेल्दै आयो ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट