images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न माग

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न माग

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ५ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ५ २०८२
  • प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न माग

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा प्रधानमन्त्री ओली हाल कामचलाउ सरकारको हैसियतमा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त अघि बढाउन आग्रह गरिएको छ ।

    सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रिट दर्ता भइसकेको छ । यसमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभाका सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालय विपक्षी बनाइएको छ । 

    संविधानको धारा १०० (२) अनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले क्रमशः असार ३१ र असार २२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । 

    रिटमा कामचलाउ सरकारलाई दूरगामी तथा नीतिगत निर्णय नगर्न समेत अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । सर्वोच्चमा यो रिटको सुनुवाइ शुक्रबार हुने पेसी तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट