images

Sep 30 2026 | २०८३, असोज १४ गते

संविधान संशोधन जोखिमपूर्ण तर अनिवार्य छ : गगन थापा

संविधान संशोधन जोखिमपूर्ण तर अनिवार्य छ : गगन थापा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ६ २०८२
  • संविधान संशोधन जोखिमपूर्ण तर अनिवार्य छ : गगन थापा

    काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान निर्माण गर्ने क्रममै कांग्रेस– एमाले लगायतका दलहरूलाई नै सङ्घीयता लादिएको हो कि भन्ने जस्तो भान भएको बताएका छन् ।  उनले त्यसवेला अर्को पक्ष नेकपा माओवादी केन्द्र प्रदेशको नाम, सीमा र अधिकारतर्फ बढी केन्द्रित भएको बताएका हुन् ।

    नेता थापाले पहिलो संविधान सभा विघटन हुनुमा प्रदेशको कारण रहेको बताए ।  ‘पहिलो संविधान सभा भङ्ग भयो, दोस्रोमा गयौँ । पहिलो संविधान सभा भङ्ग भएको कुरा सम्झनुपर्छ । भङ्ग हुनुको मुख्य कारण नै प्रदेश थियो’, थापाले भने, ‘त्यो दिन बालुवाटारमा बाबुराम भट्टराईसँग भएको सहमतिको आधारमा हामी सभाध्यक्ष सुवास नेम्वाङको कोठामा थियौ र संविधान सभातिर जाने तयारी गर्दै थियौँ। त्यो दिन गएको भए ११ प्रदेश हुन्थ्यो, स्थानीय सरकार सबै प्रदेश मातहत रहन्थे ।’ 

    साथै उनले शासकीय मोडल फ्रेन्च मोडलको हुने अवस्था रहेको बताए । तर त्यो कुरा अन्तिममा आएर बिग्रिएपछि संसद् विघटन भएको स्मरण गरे । उनले दोस्रो संविधान सभामा पनि प्रदेशको विषय बढी उठेको भन्दै पारिश्रमिक कर र अन्त शुल्क प्रदेशबाट सङ्घमा रहनुपर्ने भनेर आफूले राख्न लगाएको बताए । ‘संविधान संशोधन जोखिम छ तर अनिवार्य छ’, थापाले भने, ‘अव हामी सम्हालिएर जानैपर्छ ।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट