images

Sep 30 2026 | २०८३, असोज १४ गते

संसद् बहिष्कार कुनै संविधान विरोध अभ्यास होइन : रास्वपा

संसद् बहिष्कार कुनै संविधान विरोध अभ्यास होइन : रास्वपा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ६ २०८२
  • संसद् बहिष्कार कुनै संविधान विरोध अभ्यास होइन : रास्वपा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा जारी पार्टीको आन्दोलन र बहिष्कारलाई सत्तापक्षले लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । 

    प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुवातमा बोल्दै सांसद निशा डाँगीले गत जेठ १३ गतेदेखि रास्वपाले गर्दै आएको आन्दोलनलाई लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली भएको बताइन् ।  

    ‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउनु चाहन्छु,’ उनले भनिन्, ‘संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन । यो त लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो ।’ 

    सांसद डाँगीले आफ्नो पार्टीले अहिले संसद्मा गरिरहेको अभ्यासलाई सत्तारूढ दलहरूले विगतमा पटक–पटक गरेको पनि बताइन् । ‘विगतमा आज स्वयम् सत्तामा बसेकाहरूले पटक–पटक प्रयोग गरेका छन्,’ उनले भनिन् ।  

    सांसद डाँगीले भिजिट भिसा प्रकरणमा जारी रास्वपाको आन्दोलन जारी रहेको पनि बताइन् । उनीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अनिशा नेपालीले बोलेकी थिइन् । 

    उनले पनि पार्टीको आन्दोलन जारी रहेको बताइन् । सांसद नेपालीले बोलिसकेपछि दुवै दल संसद् बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट