images

Sep 30 2026 | २०८३, असोज १४ गते

पुस्तान्तरण भन्दा राजावादीले जस्तो नातिलाई बोकेर मात्रै हुन्न : बाबुराम भट्टराई

पुस्तान्तरण भन्दा राजावादीले जस्तो नातिलाई बोकेर मात्रै हुन्न : बाबुराम भट्टराई

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ ७ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ ७ २०८२
  • पुस्तान्तरण भन्दा राजावादीले जस्तो नातिलाई बोकेर मात्रै हुन्न : बाबुराम भट्टराई

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिश ढंगबाट अघि बढाउन जरुरी रहेको बताएका छन्।

    शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताएका हुन्। उनले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताए।

    पुस्तान्तरण मात्रै भन्दा राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहका नातीलाई अघि सारेको पनि बताए। 'पुस्तान्तरण हुनु त पर्छत तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ। पुस्तान्तरण भन्दा राजावादीहरुले समाति हाले नातीलाई त लगेर घुमाए नि जुम्लामा गएर । त्यो पुस्तान्तरण गरे उनीहरुले । तपार्ईंहरुको तर्क त्यही कारण हुँदैन । कुरामात्रै गरेर हुँदैन । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ,' उनले भने। 
     अहिले नेपाल भूराजनीतिक चेपुवामा परेको बताए।

    'सम्पूर्ण देशलाई एकतावद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभुति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ,' उनले भने। अध्यक्ष भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको बताए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट