images

Sep 30 2026 | २०८३, असोज १४ गते

सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले

सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १२ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १२ २०८२
  • सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले हालको सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकार परिवर्तनको आवश्यकता रहेको बताएका छन्।

    नेप्लिज क्यानडियन एसोसिएसन अफ अटवाद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डा. वाग्लेले वर्तमान सरकार लोकतन्त्रको बाँकी रहेको अलिअलि प्राण पनि समाप्त पार्न थालेको आरोप लगाए।

    ‘अहिलेको सरकार ढल्नुपर्छ भन्ने छ हाम्रो मत,’ उनले भने, ‘यो सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ।’

    उनले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा संवैधानिक अवस्था जटिल बन्दै गएको टिप्पणी गर्दै वर्तमान सरकार असफल भएको तर्क राखे। ‘प्रायः धेरै समस्याहरू नै छन्, केही राम्रा कुराहरू पनि भएका छन्, तर धेरै कुराहरू मिलिरहेका छैनन्,’ डा. वाग्लेले भने।

    परराष्ट्र सम्बन्धसमेत पेचिलो बन्दै गएको उल्लेख गर्दै उनले नेपाललाई अगाडि बढाउन भिजन, नैतिकता र अन्तर्राष्ट्रिय दृष्टिकोण भएका सक्षम नेतृत्वको खाँचो रहेको बताए।

    ‘अलिकति भिजन र नैतिकता भएका, क्षमता भएका, देश–दुनियाँ देखेका पात्रहरूले शासन सम्हाल्ने हो भने पक्कै देश बन्नेछ,’ उनले भने।

    उनले निराश हुन नहुनेमा जोड दिँदै २०६२/०६३ को आन्दोलनपछि नेपालले धेरै प्रगति गरिसकेको स्मरण गराए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट