images

Sep 30 2026 | २०८३, असोज १४ गते

कम्युनिस्ट पार्टीहरू अहिले जनताका लागि नभई आफ्नो स्वार्थका लागि बनेका छन्: जनार्दन शर्मा

कम्युनिस्ट पार्टीहरू अहिले जनताका लागि नभई आफ्नो स्वार्थका लागि बनेका छन्: जनार्दन शर्मा

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १२ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १२ २०८२
  • कम्युनिस्ट पार्टीहरू अहिले जनताका लागि नभई आफ्नो स्वार्थका लागि बनेका छन्: जनार्दन शर्मा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिस्ट पार्टीहरूको पुनर्गठन आवश्यक देखिएको बताएका छन । शर्माले अहिलेका कम्युनिस्ट पार्टीले जनताको मुद्दा नउठाएकाले अब वाम पार्टीहरूबीच पुनर्गठन हुनुपर्ने आवश्यकता औंल्याए । 
    सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै शर्माले अहिले कम्युनिस्ट पार्टीहरू जनताको लागि नभई आफ्नो स्वार्थका लागि बनेको बताएका हुन् ।  
    ‘दलहरू जनताका मुद्दामा स्पष्ट भएनन्, नीतिहरू प्रस्ट भएनन्, बरु अप्रस्ट, अलमल भए’, उनले भने, ‘दलहरूमा लोकतन्त्र पनि छैन, गरिबी-बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन ।’  
    शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत् विज्ञहरूको टिम बनाउन नसकेको बताए ।  

    दलहरूमा सुशासन र पारदर्शिता पनि नभएको, चुनौती सामना गर्ने क्षमता पनि नभएको शर्माको दाबी छ । कम्युनिस्ट पार्टीको पुनर्गठनसँगै आर्थिक प्रणाली पनि पुनस्संरचना गर्न अपरिहार्य भएको उपमहासचिव शर्माको भनाइ छ । 

    ‘लोकतन्त्र जनताको भएन, दलाल पुँजीवादी र भ्रष्टहरूको भयो’, शर्माले भने, ‘४७ लाखदेखि ५० लाख युवा देशमा रोजगारी नपाएर खाडी राष्ट्रमा छन्,खेतहरू बाँझो छन् । वनजंगल, प्राकृतिक स्रोत साधनको सही सदुपयोग भएको छैन । यी साधनमाथि दलाल पूँजीवादीको कब्जा छ ।’

    मुलुकका आर्थिक नीति पञ्चायतकालीन शैली नक्कल गरेर दलाल पूँजीवादले कब्जा गरेको शर्माको आरोप छ । नेता शर्माले माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागे पनि विघटनपछि निराशाको श्रृंखला शुरू भएको टिप्पणी गरे ।  

    कम्युनिस्ट नेताहरूले लोकतन्त्र र समाजवादको भाषण गरे पनि व्यवहार ठीक उल्टो भएको बताए । ‘किसानले मल, बीउ, सिंचाइ, उचित मूल्य र बजार पाएका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्वमा छैन’, शर्माले भने, ‘दलाल पूँजीवादले सबैतिर कब्जा गरेको छ । मुलुक भ्रष्टाचारमुक्त छैन,संविधान पनि पूर्ण कार्यान्वयन भएन ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट