images

Sep 30 2026 | २०८३, असोज १४ गते

राजनीतिक दलहरू पूर्ण समानुपातिक प्रणालीका लागि तयार छैनन् : मन्त्री गुरुङ

राजनीतिक दलहरू पूर्ण समानुपातिक प्रणालीका लागि तयार छैनन् : मन्त्री गुरुङ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १३ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १३ २०८२
  • राजनीतिक दलहरू पूर्ण समानुपातिक प्रणालीका लागि तयार छैनन् : मन्त्री गुरुङ

    काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक दलहरूको मनोवृत्ति अहिलेसम्म पूर्ण समावेशी समानुपातिक निर्वाचन प्रणालीसम्म पुग्न नसकेको बताएका छन्। 
    शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजान सके मात्र उपेक्षित समुदायलाई राज्य संयन्त्रसँग जोड्न सकिने बताए।

    मन्त्री गुरुङका अनुसार, राजनीतिक दलहरूले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत नगर्नुको मुख्य कारण उनीहरूको मानसिकता त्यस स्तरमा नपुग्नु हो। उनले पूर्ण समानुपातिक प्रणाली सबैभन्दा सस्तो हुने र यसमा व्यक्तिको खर्च धेरै कम हुने बताए।

    उनले पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना बदलिएको र सोहीअनुसार राजनीतिक र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, संविधानले आदिवासी समुदायलाई दिएको अधिकार कार्यान्वयनका लागि जनमत सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिए।

    मन्त्री गुरुङले आदिवासी जनजाति लगायत पिछडिएका र वञ्चित समुदायलाई राज्यको मूलधारमा ल्याउन संरचनागत रूपान्तरण आवश्यक रहेको बताए। उनले एकात्मक शासन प्रणालीमा विविधतामा एकता सम्भव नभएकाले नै मुलुकमा सङ्घीयता ल्याइएको जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट