images

Sep 30 2026 | २०८३, असोज १४ गते

चीन जानुको उदेश्य नेपालको हित प्रवर्द्धन : प्रधानमन्त्री ओली

चीन जानुको उदेश्य नेपालको हित प्रवर्द्धन : प्रधानमन्त्री ओली

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १३ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १३ २०८२
  • चीन जानुको उदेश्य नेपालको हित प्रवर्द्धन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । 

    शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यही भदौ १४ देखि १८ गतेसम्म आफू चीनको पाँचदिने भ्रमणमा जान लागेको जानकारी दिए । “यस भ्रमणको उदेश्य सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो,” उनले भने ।

    सांघाई सहयोग संगठन सन् २००१ मा स्थापना गरिएको ठूला क्षेत्रीय संगठनमध्ये एक भएको उनले जनाए । “नेपाल सन् २०१६ देखि यसको संवाद साझेदार रहँदै आएको छ । यहाँ जानुको उदेश्य नेपालको स्तर अभिवृद्धि गर्नु, नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट राख्नु र नेपालको हित प्रवर्द्धन गर्नु रहेको छ,” उनले भने ।

    चीन भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग आफूले भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले स्पष्ट पारे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट