images

Sep 30 2026 | २०८३, असोज १४ गते

मनाङमा पनि १७ कात्तिकमै उपनिर्वाचन गर्ने निर्णय

मनाङमा पनि १७ कात्तिकमै उपनिर्वाचन गर्ने निर्णय

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १३ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १३ २०८२
  • मनाङमा पनि १७ कात्तिकमै उपनिर्वाचन गर्ने निर्णय

    मनाङ । मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा पनि आगामी कात्तिक १७ गते सोमबार नै उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ कै मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो। 

    ०७९ मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित राजीव गुरुङ पदमुक्त भएसँगै आयोगले उपनिर्वाचनको मिति तोकेको हो। संविधानको धारा १७८ (१)(ङ) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ९६० बमोजिम गुरुङलाई संवैधानिक इजलासले अयोग्य ठहर गरेको उल्लेख गर्दै आयोगले उक्त पद रिक्त रहेको जनाएको छ।

    प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रदेश सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार’ उपनिर्वाचनको मिति तोकेको आयोगले बताएको छ।

    साथै आयोगले ०८२ असार १६ गते रूपन्देही ३ को उपनिर्वाचनको मिति तोकेपश्चात् भदौ २५ मा प्रकाशन गर्ने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा प्रयोग गरिनेसमेत प्रस्ट्याएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट