images

Sep 30 2026 | २०८३, असोज १४ गते

चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन चर्काउछौँ : प्रचण्ड

चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन चर्काउछौँ : प्रचण्ड

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ १४ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ १४ २०८२
  • चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन चर्काउछौँ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन गर्ने बताएका छन् ।

    शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौति विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछि सबै प्रतिपक्षीहरू एक भएर सडक र सदन केन्द्रीत आन्दोलन चर्काउने बताएका हुन् । 

    कांग्रेस–एमालेको सरकारले मुलुकमा सुशासन भनाइ भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानून निर्माणमा समेत छेडखानी गरेकाले अव शसक्त आन्दोलन गर्ने उनले बताए । प्रचण्डले राज्यलाई रूपान्तरणका साथै भ्रष्टाचारविरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गरे ।

    दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताए । उनले दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको विकल्प नरहेको उल्लेख गरे । 
    प्रचण्डले पार्टीभित्रै दलीतलाई दमन गर्ने दुई वटा प्रवृत्ति र दुई वटा बिचार रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट