images

Sep 30 2026 | २०८३, असोज १४ गते

प्रधानमन्त्री ओलीलाई लिङ्देनको चुनौती: आवश्यक परे झापा ५ मा प्रतिस्पर्धा गरौँला

प्रधानमन्त्री ओलीलाई लिङ्देनको चुनौती: आवश्यक परे झापा ५ मा प्रतिस्पर्धा गरौँला

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ १४ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ १४ २०८२
  • प्रधानमन्त्री ओलीलाई लिङ्देनको चुनौती: आवश्यक परे झापा ५ मा प्रतिस्पर्धा गरौँला

    झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहितको निर्वाचनमा सहभागी हुन चुनौती दिएका छन्।

    शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जनतामा आफू लोकप्रिय छु भन्ने लागेको भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्न आग्रह गरे। आवश्यक परे आफू झापा क्षेत्र नम्बर ५ बाट पनि चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे।

    अध्यक्ष लिङ्देनले आफू सांसद जित्नुभन्दा माथि रहेको बताए। उनले भने, 'राजेन्द्र लिङ्देन एउटा सांसद जित्नु र नजित्नुभन्दा माथि छ भन्ने कुरा उहाँले बुझिदिनुपर्छ। म बाँकी जीवन एउटा वडाको सदस्य नभएर मर्न तयार छु, तर यो भ्रष्ट व्यवस्थाको विरुद्ध उभिन्छु भनेर आएको हुँ।'

    उनले प्रधानमन्त्री, मन्त्री र सांसद बन्नु आफ्नो मुख्य उद्देश्य नभएको भन्दै २०८४ को निर्वाचनमा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थासहित प्रतिस्पर्धा गर्न ओलीलाई चुनौती दिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट