images

Sep 29 2026 | २०८३, असोज १३ गते

जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल

जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १६ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १६ २०८२
  • जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतलाई नीतिका आधारमा ध्रुवीकरण गर्न नसक्दा राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।  

    सोमबार पार्टी कार्यालय च्यासलमा आनन्द पोखरेलद्वारा लिखित कम्युनिस्ट पार्टी निर्माणका आधार पुस्तक लोकार्पण गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिभित्रको ठूलो चुनौतीको रूपमा रहेको अस्थिरता जनमतलाई नीतिका आधारमा ध्रुवीकरण गर्न नसक्नुको परिणाम भएको बताएका हुन् । 

    लोकप्रिय मत पनि ३४–३५ प्रतिशत मात्रै प्राप्त भएको अवस्थामा अहिलेसम्म गरेका अभ्यासहरूबाट निर्णायक शक्ति हासिल गर्न कठिन रहेको उनले बताए ।

    उनले संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म स्थापित गर्न जरुरी रहको धारणा राखे । एमालेको नीति, पार्टीको मात्रै नभई राष्ट्रको नीति बनाउने सामर्थ्य राख्न सके मात्रै पार्टी निर्णायक शक्ति बन्न सक्ने उनको भनाइ छ ।  पोखरेलले सरकार बनाउनका लागि भिन्न बिचार भएका दलसँग सहकार्य गर्नुपर्ने अवस्थामा रहेकाले एकल बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने जिकिर गरे ।

    त्यस्तै उनले विधान महाधिवेशनपछि पार्टी व्यवस्थित हुने र पार्टी निर्माणका लागि वैधानिक सीमालाई पनि परिष्कृत गर्दै लैजाने उद्घोष गरे । पोखरेलले पार्टीको वर्गसंघर्ष आवधिक रूपमा हुने निर्वाचनमा केन्द्रित हुनुपर्नेमा समेत जोड दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट