images

Sep 30 2026 | २०८३, असोज १४ गते

यूएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

यूएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १७ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १७ २०८२
  • यूएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा यूएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    काठमाडौँ महानगरपलिका–३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका–५ घर भएका ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    मिनराजले यूएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–९ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट