images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा, दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने

एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा, दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १८ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १८ २०८२
  • एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा, दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने

    ललितपुर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। महाधिवेशनको तयारी धमाधम भइरहेको र करिब पूरा भएको पार्टीले जनाएको छ। 

    ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने उक्त महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधि सहित २ हजार ३४९ जना सहभागी हुनेछन्।  

    एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने भनेको छ । 

    १०औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट