images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेसले संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई अघि सार्ने

कांग्रेसले संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई अघि सार्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १९ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १९ २०८२
  • कांग्रेसले संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई अघि सार्ने

    काठमाडौँ । नेपाली कांग्रेसले संघीय संसदको संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने निर्णय भएको छ। खतिवडाले आफूलाई सभापतिमा सार्ने पार्टीको निर्णय भएको जानकारी प्राप्त भएको जानकारी दिए। 

    यसअघि खतिवडा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए। निजामती कर्मचारी विधेयकमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीमा खतिवडामाथि नैतिक प्रश्न उठेपछि उनले त्यहाँबाट राजीनामा दिएका थिए।

    खतिवडाले राजीनामा दिएको सो पदमा पछि संघीय संसद्का दुवै सदन सम्मिलित संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई ल्याइएको थियो। 

    न्यौपानेले राजीनामा दिँदा रिक्त भएको संसदीय सुनुवाइ समितिको सभापतिमा अब खतिवडालाई पठाउने कांग्रेसले निर्णय गरेको हो। 

    शुक्रबार(भोलि) हुने सुनुवाइ समितिको सभापतिको निर्वाचनमा आज(बिहीबार) मनोनयन दर्ताको कार्यक्रम छ। जसमा नेकपा एमालेले उम्मेदवारी दिने छैन। विपक्षी दलहरूको त्यहाँ बहुमत पुग्दैन। 

    यसै कारण खतिवडा निर्वाचित हुने प्रस्ट गणित छ। निर्वाचनमा आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ । भोलि साँझ ५ बजे निर्वाचन हुने कार्यतालिका छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट