images

Sep 29 2026 | २०८३, असोज १३ गते

केही मान्छेमा म्याजिक नम्बरको भ्रम थियो, एमालेले त्यसलाई फेर्यो : ओली

केही मान्छेमा म्याजिक नम्बरको भ्रम थियो, एमालेले त्यसलाई फेर्यो : ओली

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २० २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २० २०८२
  • केही मान्छेमा म्याजिक नम्बरको भ्रम थियो, एमालेले त्यसलाई फेर्यो : ओली

    काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै कसैमा जादूको नम्बर रहेको भन्दै भ्रम परेको कटाक्ष गरेका छन् ।  

    शुक्रवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित दोस्रो विधान महाधिवेशन उद्घाटनका क्रममा ओलीले प्रचण्डको नाम नलिई यस्तो कटाक्ष गरेका हुन् । 

    ‘४ वर्ष अगाडि हामीहरूलाई प्रताडित अवस्था, ब्याक बेन्चरजस्तो अवस्थामा राख्न खोजिएको थियो,’ अध्यक्ष ओलीले भने, ‘कांग्रेस र एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन, कि एउटाले समर्थन गर्छ, कि अर्काले गर्छ भनेर तेस्रो पार्टीले भन्ने गर्थ्यो ।’  

    उनले माओवादीलाई आफ्नो संख्या म्याजिक नम्बर रहेको भ्रम पर्न शुरू गरेको बताए । ‘त्यो जादू हो । यही जादू आफ्नो हातमा छ भन्ने केही मान्छेलाई भ्रम परेको थियो,’ अध्यक्ष ओलीले भने, ‘१४ महिनाअगाडिसम्म त्यो अवस्था थियो । त्यसलाई एमालेले फेरेको छ । देशमा जुन अस्थिरता र अराजकता फैलिएको थियो, त्यो नियन्त्रणमा आएको छ ।’  

    शुक्रवारदेखि शुरू भएको विधान महाधिवेशन आइतवार सम्पन्न हुनेछ । महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्नेछन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन् । 

    त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । महाधिवेशनमा प्रतिनिधिहरूले समूहगत रूपमा यी प्रस्तावहरूमाथि छलफल गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट