images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले विधान महाधिवेशन : गण्डकीको टोली नेता चयनमा विवाद

एमाले विधान महाधिवेशन : गण्डकीको टोली नेता चयनमा विवाद

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २१ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २१ २०८२
  • एमाले विधान महाधिवेशन : गण्डकीको टोली नेता चयनमा विवाद

    काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत गण्डकीको टोली नेता चयनमा नेताहरूबिच विवाद भएको छ । विवाद बढ्दै जाँदा झन्डै हात हालाहालको स्थिति पैदा भएको एक नेताले जानकारी दिए ।

    ती नेताका अनुसार नेता खगराज अधिकारी र किरण गुरुङ पक्षले पदम गिरीलाई टोली नेता बनाउन चाहे पनि पृथ्वीसुव्वा गुरुङ पक्षले मीन गुरुङलाई अघि सारेका थिए ।

    विवाद बढ्दै जाँदा युवा सङ्घका पूर्व उपाध्यक्ष तथा कास्कीका युवा नेता माधव बास्तोला र गण्डकी इन्चार्ज गुरुङबिच भनाभन चलेको थियो । तर अन्त्यमा मीन गुरु नै टोली नेता बनेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट