images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमाले अनुशासन आयोगको प्रतिवेदन : यौनजन्य आचरण सच्याउनुको सट्टा दम्भ देखिनु दुस्खद

एमाले अनुशासन आयोगको प्रतिवेदन : यौनजन्य आचरण सच्याउनुको सट्टा दम्भ देखिनु दुस्खद

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २१ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २१ २०८२
  • एमाले अनुशासन आयोगको प्रतिवेदन : यौनजन्य आचरण सच्याउनुको सट्टा दम्भ देखिनु दुस्खद

    काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले पार्टीमा देखिएका विसंगतिहरूलाई विधान महाधविशेनको दस्तावेजमा समेटेको छ । पार्टी अनुशासन आयोगले ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र देखिएका विसंगतिहरूलाई विभिनन बुँदामा प्रस्तुत गरेको छ ।

    कुण्ठा र अतृप्त महत्वाकांक्षा, वैयक्तिक स्वार्थ, विचार र आचरण, सांगठिनक अराजकता, लाभ र अवसरको अनुचित आशक्ति, अपरादर्शी आर्थिक गतिविधि, गुटगत गतिविधि लगायतका शीर्षकमा विसंगतिहरू औंल्याइएको छ ।

    केशव प्रसाद बडाल अध्यक्ष रहेको उक्त आयोगले प्रतिवेदनमा पार्टीका कतिपय नेताहरूको जीवनशैली बदलिएको र खर्चालु भएको अवस्था रहेको उल्लेख छ । 
    त्यस्तै, कतिपय नेताहरूको व्यवहारमा देखिएको बडप्पन, रुखो वचन तथा आक्रमक गाली गलौजको शैलीलाई जनताले नरुचाएको पनि उल्लेख छ ।

    ‘पार्टीभित्र र जनसंगठनमा यौनजन्य आचरणहरू समेत देखिन कतैकतै थालेका छन् । जनस्तरबाट नै प्रश्न उठिसकेपछि समेत आचरणहरूलाई सच्याउनुको सट्टा सार्वजनिकरूपमा दम्भ प्रकट भैरहनु दुखस्द कुरा हो,’ आयोगका अध्यक्ष बडालको प्रतिवेदनमा भनिएको छ ।

    पार्टीमा सांगठनिक अराजकता चुनौतीकै रुपमा अघि बढेको प्रतिवेदनमा भनिएको छ ।

    ‘‘कतिपय नेताहरूबीच एकआपसमा परस्पर विश्वास नभएको अवस्था छ । कमिटीमा रहेकाहरूलाई कमिटीमा छु भन्ने अनुभूति नभएको समते देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कतिपय जनप्रतिनिधिहरूले पार्टी कमिटीसँग समन्वय गर्ने चासो देखाएको पनि देखिँदैन । यो गम्भीर अवस्था हो ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट