images

Sep 30 2026 | २०८३, असोज १४ गते

प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक

प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २४ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २४ २०८२
  • प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक

    नेकपा (माओवादी केन्द्र) को आह्वानमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। बैठक अहिले बिहान ८ बजेबाट सुरू भएको हो।

    जेन–जीको सोमबारको आन्दोलनमा सरकारले दमन गर्दै १९ जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले बैठक आह्वान गरेका हुन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उक्त बैठकमा सहभागी नहुने भएको छ। ‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु र हिजोको दमनमा पीडिततहरूसँग उभिनु हो। हाम्रो लागि अहिले यस्तो बैठक महत्त्वपूर्ण छैन,’ रास्वपा प्रवक्ता मनिष झाले भने। 

    जेन–जीको प्रदर्शन मंगलबार पनि सुरू भइसकेको छ। बानेश्वर संसद भवन अगाडि प्रदर्शनकारी भेला भएर नाराजुलुस गरिरहेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। झापाको बिर्तामोड, भक्तपुरमा पनि कर्फ्यु आदेश जारी भएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट