images

Sep 30 2026 | २०८३, असोज १४ गते

प्रधानमन्त्री कार्की आइतबार पदभार ग्रहण गर्ने

प्रधानमन्त्री कार्की आइतबार पदभार ग्रहण गर्ने

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २८ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २८ २०८२
  • प्रधानमन्त्री कार्की आइतबार पदभार ग्रहण गर्ने

    काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आइतबार मात्रै पदभार ग्रहण गर्ने भएकी छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथग्रहण कार्यक्रम भएपछि शुक्रबार पदभार ग्रहण हुन सकेन ।

    शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्‍याएको कारण सरकारी निवास नगएर आफ्नै निजी निवासमा बसिरहेकी हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट