images

Sep 30 2026 | २०८३, असोज १४ गते

लोसपा नेपालले बोलायो पदाधिकारी बैठक

लोसपा नेपालले बोलायो पदाधिकारी बैठक

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १ २०८२
  • लोसपा नेपालले बोलायो पदाधिकारी बैठक

    काठमाडौँ ।  वर्तमान अवस्थाको बारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । आज पार्टी कार्यालयमा बस्न लागेको बैठकमा पछिल्लो समय भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिको बारेमा समीक्षा लगायतका विषयमा छलफल हुने सो पार्टीका महासचिव मनिष मिश्रले बताए । 

    ‘मुख्य अहिलेको समसामयिक विषय नै हुन्छ, त्यसपछि असोज ३ गते संविधान दिवसका दिन के गर्ने त्यसबारेमा पनि छलफल हुन्छ’ उनले भने । 

    असोज ३ लाई लोसपा नेपालले कालो दिवसको रूपमा मनाउँदै आएको छ । २०७२ असोज ३ गते संविधान जारी हुँदा मधेसवादी दलले त्यसको विरोध गरेका थिए । मधेसको अधिकार र पहिचान संविधानमा समावेश नभएको भन्दै उनीहरूले आन्दोलन नै गरेका थिए ।  

    आफ्नो मागअनुसार संविधान संशोधन नभएका कारण लोसपा लगायत अन्य मधेसवादी दलहरूले असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदै आएका हुन् ।  

    यस पटक सरकारले भने सामान्य ढङ्गले संविधान दिवस मनाउने भएको छ । लोसपा नेपालले चैतको पहिलो हप्ता पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । 

    आन्दोलनका कारण त्यसको प्रक्रिया पनि अवरोध भएको छ । यो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट