images

Sep 30 2026 | २०८३, असोज १४ गते

माओवादी अध्यक्ष दाहालको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

माओवादी अध्यक्ष दाहालको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ५ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ५ २०८२
  • माओवादी अध्यक्ष दाहालको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

    काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् । 

    'केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं । त्यसैगरी प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाऔं,' उनले बैठकमा भनेका छन् ।

    महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन गर्ने उनको प्रस्ताव छ । उनले केन्द्रीय पदाधिकारी बैठकमा घोषित निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन्। अब निर्वाचनमै जान उपयुक्त हुने पनि दाहालको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट