images

Sep 30 2026 | २०८३, असोज १४ गते

मिश्रा र सिन्हाको शपथ रोकिने सम्भावना

मिश्रा र सिन्हाको शपथ रोकिने सम्भावना

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ६ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ६ २०८२
  • मिश्रा र सिन्हाको शपथ रोकिने सम्भावना

    काठमाडौँ । मन्त्रीका लागि प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र अतिरिक्त सचिव डा। संगीता मिश्राको शपथ रोकिने सम्भावना बढेको छ ।

    प्रधानमन्त्री कार्कीले मिश्रालाई स्वास्थ्य तथा जनसंख्या र सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने गरी हिजो नाम सिफारिस गरेकी थिइन् । तर, दुवैको नाममा प्रश्न उठेपछि उनीहरूको शपथ रोकिने सम्भावना बढेको हो ।

    मिश्राले सचिव बढुवामा आफूलाई सरकारले हेपेको भन्दै मिश्राले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सरकारविरुद्ध सार्वजनिक टिप्पणी गरेकी थिइन् । उक्त टिप्पणीसँगै उनी लामो समयदेखि बिदामा बसेकी थिइन् । सचिवका लागि विकास देवकोटाभन्दा आफू वरिष्ठ रहेको दाबी गर्दै आएकी थिइन् । त्यस्तै, उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार आरोपसहित उजुरी परेको पनि खुलेको छ ।

    यो विवाद बाहिरिएपछि मिश्राको नाम मन्त्रीको सूचीबाट हटाउने तयारी भएको स्रोतले जनाएको छ ।

    त्यस्तै, सिन्हलाई मन्त्री बन्न कानुनी प्रावधान बाधक बनेपछि शपथ रोकिने सम्भावना बढेको छ । उनको सिफारिसमाथि प्रश्न उठेको छ । संविधानको धारा १३२ को उपधारा २ मा उल्लेखित प्रावधानलाई लिएर उनीमाथि प्रश्न उठेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट