रास्वपाको केन्द्रीय समिति बैठक जारी, यी विषयमा हुँदै छ छलफल
रास्वपाको केन्द्रीय समिति बैठक जारी, यी विषयमा हुँदै छ छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय चस्मतिमा जारी बैठकमा सात वटा एजेन्डामाथि छलफल जारी छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, महाधिवेशन र आगामी चुनावलगायत विषयमा छलफल हुने बताइएको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि पहिलोपटक बसेको हो । बैठकमा जेन–जी आन्दोलनबारे सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको नेताहरूले बताएका छन् ।
यो बैठकबाट आगामी २१ फागुनमा चुनावबारे रणनीति तय हुने बताइएको छ ।
