images

Sep 30 2026 | २०८३, असोज १४ गते

कांग्रेसले संसद् पुनर्स्थापनाको माग राख्न हुँदैन : महामन्त्री शर्मा

कांग्रेसले संसद् पुनर्स्थापनाको माग राख्न हुँदैन : महामन्त्री शर्मा

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ७ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ७ २०८२
  • कांग्रेसले संसद् पुनर्स्थापनाको माग राख्न हुँदैन : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन्। आज एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा भइसकेकाले संसद् पुनर्स्थापनाको माग गर्न नहुने बताएका हुन्। 

    उनले पार्टीका नेताहरुले संसद् पुनर्स्थापन गरेर जानुपर्छ भन्ने मत राखेपनि अफ्ठेरोको बीचमा राष्ट्रपतिले नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई भनिरहेको उनको भनाई छ। 

    शर्माले जेनजीले उठाएको मागप्रति समर्थन रहेको धारणा राखे।  उनले जेन्जीको आन्दोलनपश्चात गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीको प्रतिनिधि सहभागी नभएकोप्रति आपत्ति जनाए।

    उनले भने, ‘बलिदान गर्ने बेलामा जेनजी, परिवर्तनको लागि लड्ने बेलामा जेनजी। तर, जेनजीको प्रतिनिधित्वबिना सरकारलाई पूर्णता दिने कुरालाई गम्भीरतापूर्वक राख्नुपर्छ।’

    उनले केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेमा कांग्रेसको महाधिवेशन हुने धारणा राखे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट