images

Sep 30 2026 | २०८३, असोज १४ गते

कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ८ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ८ २०८२
  • कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

    काठमाडौँ । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अर्को सरकार गठनको पहल थाल्ने निर्णय गरेको कांग्रेसको मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए।

    गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए। तर पछि राजीनामा दिन अस्वीकार गरेपछि मुख्यमन्त्री सिंहको दल जनमतले मुख्यमन्त्रीसहित दुई जना मन्त्रीलाई फिर्ता बोलाएको थियो । जनमतले समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा भदौ ३१ गते नै बुझाइसकेको छ ।

    समर्थन कायमै राखेको कांग्रेसले पनि आज समर्थन फिर्ता लिएको हो । नेकपा एमालेले सिंहलाई विश्वासको मत दिने बताइसकेको छ । १ सय ७ सदस्यीय मधेश प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २३ सिट छ । दोस्रो कांग्रेसको २२, तेस्रो जसपाको १६ र चौथो जनमतको १३ सिट छ । १० वटा दलको प्रतिनिधित्व रहेको मधेशमा ६ जना स्वतन्त्र सांसद छन् ।

    अब मधेशमा नयाँ सरकार बनाउने क्रममा राजनीतिक किचलो देखिने सम्भावना धेरै रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट