अध्यक्ष प्रचण्डले राखे माओवादी केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव
अध्यक्ष प्रचण्डले राखे माओवादी केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन् ।
बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमै अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षसहित सबै पदाधिकारीसहितको कमिटी विघटन गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव राखेका हुन् ।
यो प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन भएमा हालका सबै कमिटी विघटन हुनेछ । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको दबाबमा परेका प्रचण्डले यसअघि स्थायी कमिटी बैठकमै यो प्रस्ताव राखेका थिए ।
