images

Sep 29 2026 | २०८३, असोज १३ गते

ओलीको दाबीः सञ्जालमा केपीको घर लोकेट गरेर हमला गर्न जाऔं भन्दैछन्

ओलीको दाबीः सञ्जालमा केपीको घर लोकेट गरेर हमला गर्न जाऔं भन्दैछन्

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज ११ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज ११ २०८२
  • ओलीको दाबीः सञ्जालमा केपीको घर लोकेट गरेर हमला गर्न जाऔं भन्दैछन्

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सामाजिक सञ्जालमा आफूविरुद्ध आतंक फैलाउने काम भइरहेको दाबी गरेका छन्। शनिबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।  

    ‘अहिले तपाईँहरुले सामाजिक सञ्जालमा देख्नुभएको होला, केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ,’ ओलीले भने, ‘यति मिनेटमा गाडीमा पुगिन्छ। सबै हमला गर्न जाऔं।’  

    घर तोकिएको, देखाइएको उनले बताए। ‘सरकार के हेरेर बसेको छ ? के गर्दैछ ?,’ ओलीले प्रश्न गरे।  यहि बेला सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु यिनिहरूमाथि मुद्दा लगाउँछु भनेर धाक लगाएर बसेको उनले बताए।

    उनले अगाडि भने, ‘सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु ? सरकारमा हुनेहरुले, सुविधा चाहिएन, तर सुरक्षा दिनु पर्छ कि पर्दैन ?’ असुरक्षामा हाल्ने, असुरक्षाका माध्यमबाट सरकारमा पुग्ने, आतंक फिँजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्न भन्ने सरकारको तरिका ठिक नभएको ओलीले बताए। ‘मौसम सधैँ एकनासका हुन्नन्, फेरि बसन्त आउँछ,’ उनले भने।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट