images

Sep 29 2026 | २०८३, असोज १३ गते

दलहरु एकीकृत भएर लोकतन्त्र लोकतन्त्र बचाउन अघि सर्नुपर्छ :कांग्रेस प्रवक्ता महत

दलहरु एकीकृत भएर लोकतन्त्र लोकतन्त्र बचाउन अघि सर्नुपर्छ :कांग्रेस प्रवक्ता महत

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १२ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १२ २०८२
  • दलहरु एकीकृत भएर लोकतन्त्र लोकतन्त्र बचाउन अघि सर्नुपर्छ :कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीहरु एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्नुपर्ने बताएका छन् ।

    लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सक्रिय रहेको भन्दै उनले दलहरुको जागरुकता र एकतामा जोड दिएका हुन् । 

    आइतबार बिहान महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्ने छौं । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौं ।’

    पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको बताउँदै उनले भने, ‘हामी पुन: जागरुक भएर उठ्ने छौं ।’ 
    प्रवक्ता महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको बताए । कांग्रेस समीक्षासहित आउने र नेपाललाई विकास निर्माण तथा रोजगारीको दिशामा लैजानेबारे गम्भीर चिन्तन गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट