images

Sep 29 2026 | २०८३, असोज १३ गते

विवादित कर्मचारी श्रेष्ठलाई प्रधानमन्त्री कार्कीलाले दिइन् स्वकीय सचिवको जिम्मेवारी

विवादित कर्मचारी श्रेष्ठलाई प्रधानमन्त्री कार्कीलाले दिइन् स्वकीय सचिवको जिम्मेवारी

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १३ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १३ २०८२
  • विवादित कर्मचारी श्रेष्ठलाई प्रधानमन्त्री कार्कीलाले दिइन् स्वकीय सचिवको जिम्मेवारी

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख स्वकीय सचिवमा सर्वोच्च अदालतका विवादित कर्मचारी आर्दश श्रेष्ठलाई नियुक्त गरेकी छिन्।

    सर्वोच्च अदालतमा करारमा कार्यरत श्रेष्ठलाई कार्कीले प्रमुख स्वकीय बनाएकी हुन्। सुशासन माग गर्ने जेनजीको बलमा कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएपछि सर्वोच्च प्रशासनलाई जानकारीसमेत नदिइ श्रेष्ठ अघिपछि लागेका थिए। सर्वोच्चको पेशी व्यवस्थान शाखामा रहँदा उनले आर्थिक लेनदेशसमेत गर्ने गरेको आरोप छ। त्यस्तै प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन्।

    प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । उक्त संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट