images

Sep 29 2026 | २०८३, असोज १३ गते

माओवादी सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ : प्रचण्ड

माओवादी सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ : प्रचण्ड

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २० २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २० २०८२
  • माओवादी सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि प्रचण्डले माओवादी घोषित मितिमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको बताए ।

    उनले निर्वाचनमा सहभागी हुनेबारे अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको बताए । 'घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ,' उनले भने ।

    प्रचण्डले आजको बैठकमा देशभर मनसुनजन्य विपद्ले पुऱ्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट