images

Sep 29 2026 | २०८३, असोज १३ गते

विशेष महाधिवेशनका निम्ति असोज २४ भित्रै हस्ताक्षर गर्नुस् : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशनका निम्ति असोज २४ भित्रै हस्ताक्षर गर्नुस् : विश्वप्रकाश शर्मा

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २१ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २१ २०८२
  • विशेष महाधिवेशनका निम्ति असोज २४ भित्रै हस्ताक्षर गर्नुस् : विश्वप्रकाश शर्मा

    काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्न यही असोज २४ गतेभित्रै हस्ताक्षरका निम्ति आह्वान गरेका छन् । मंगलबार (असोज २१) उनले भिडियो सन्देशमा जिल्ला–जिल्लाबाट महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्ने कि नगर्ने भनेर सोधिरहेको उल्लेख गरेका छन् ।

    “आफैँले टेलिफोन गरेर कसैलाई पनि हस्ताक्षर गर्नुस् है भनेको छैन । तपाईं कसैले सोध्नुभएको छ, बकाइदा हस्ताक्षर गर्नुस्,” उनले भनेका छन् ।

    विशेष महाधिवेशन विधानविपरीत हुन्छ कि ? भन्ने प्रश्न आएको भन्दै उनले विधानको व्यवस्था लागु गर्दा पार्टी कमजोर नभई बलियो हुने बताएका छन् । असोज २५ गते नै विशेष महाधिवेशनका निम्ति केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिने उनले जनाएका छन् । 

    “हस्ताक्षर नै गर्न चाहनुहुन्छ भने २४ गतेभित्र गर्नुस् न । साथीहरूले भन्नुभएको छ– हामी केन्द्रीय कार्यसमितिको बैठकभन्दा एक दिनअघि नै असोज २५ गते हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्न चाहन्छौँ । सँगसँगै उभिन चाहनुभएको छ भने साइत केका लागि हेर्नुहुन्छ ?,” उनले भनेका छन् । शर्माले भिडियोमा सात प्रश्न र जवाफ दिएका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गतेका निम्ति तोकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट