images

Sep 29 2026 | २०८३, असोज १३ गते

राजसंस्थावादी जेनजीको नाममा बेनामे विज्ञप्ति– १५ बुँदे प्रस्ताव, विद्रोहको चेतावनी

राजसंस्थावादी जेनजीको नाममा बेनामे विज्ञप्ति– १५ बुँदे प्रस्ताव, विद्रोहको चेतावनी

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २२ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २२ २०८२
  • राजसंस्थावादी जेनजीको नाममा बेनामे विज्ञप्ति– १५ बुँदे प्रस्ताव, विद्रोहको चेतावनी

    काठमाडौँ । राजसंस्थावादी जेनजी समूहको नाममा सार्वजनिक गरिएको १५ बुँदे प्रस्तावमा सर्वपक्षीय सहमतिबाट राष्ट्रिय एकताको मार्ग पहिल्याउन माग गरिएको छ ।

    सरकार र राजनीतिक शक्तिहरूलाई विशेषगरी सम्बोधन गरिएको उक्त वक्तव्यमा यदि साझा समाधान नखोजिए ‘विद्रोह’मा जाने चेतावनी दिइएको छ ।

    १५ बुँदामा विभिन्न माग तथा प्रस्तावहरु राखिएको सो वक्तव्य जारी गर्ने व्यक्तिको नाम वा हस्ताक्षर केही पनि छैन । राजसंस्थाको पुनस्स्थापनाको पक्षमा रहेको भनिएको ‘जेन–जी एलायन्स फर मोनार्की’को नाममा सार्वजनिक गरिएको डकुमेन्टमा लेखिएको छ, ‘यदि साझा समाधान खोजिएन भने हामी विद्रोहमा जान बाध्य हुनेछौं ।’

    सो व्यक्तव्यमा संवैधानिक राजसंस्थाको पुनस्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली, सांसदहरूका अधिकार सीमित गर्ने, असमान सन्धिहरू खारेज गर्ने र नेपाललाई हिन्दु–बौद्ध–किराँत धर्मराज्य घोषणा गर्ने, सबै तहमा कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने, १८ देखि २४ वर्ष उमेरका युवाका लागि अनिवार्य राष्ट्रिय सेवा लागू गर्नुपर्ने जस्ता विषय समावेश छन् । 

    Rajabadi-Genz.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट