images

Sep 29 2026 | २०८३, असोज १३ गते

राजनीतिक दल र प्रहरीलाई साथ नलिइ चुनाव हुँदैन, यो सरकारले चुनाव गराउँछ भन्ने भ्रम मात्र हो : महासचिव पोखरेल

राजनीतिक दल र प्रहरीलाई साथ नलिइ चुनाव हुँदैन, यो सरकारले चुनाव गराउँछ भन्ने भ्रम मात्र हो : महासचिव पोखरेल

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
  • राजनीतिक दल र प्रहरीलाई साथ नलिइ चुनाव हुँदैन, यो सरकारले चुनाव गराउँछ भन्ने भ्रम मात्र हो : महासचिव पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखेरलले अहिलेको सरकारले चुनाव गराउन नसक्ने दाबी गरेका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले चुनावमा राजनीतिक दल सहभागी हुने अनिवार्य भएको बताएका हुन्। 

    पोखरेलले भने, ‘चुनावमा राजनीतिक दलहरुको सहभागी हुने अनिवार्य सर्त हो। जबसम्म राजनीतिक दललाई विश्वासमा लिइँदैन नलिई चुनाव गराउन सकिँदैन। अबसम्म नेपाल प्रहरीलाई सम्पूर्ण अख्तियारी दिन सकिँदैन तबसम्म चुनाव हुँदैन। सुरक्षा निकायको मनोबल उठाउनेकुरा अनिवार्य सर्त हो।’  

    उनले प्रहरीले अनुसन्धान गर्न खोज्दा गृहमन्त्रीले रोकिरहेकाले चुनाव हुन सक्ने वातावरण नभएको बताए। उनले भने, ‘सरकार राजनीतिक दलहरुको विश्वास जित्ने होइन। राजनीतिक दलहरुलाई किनारा लगाएर पूर्वराजा ज्ञानेन्द्र शाहको तरिकाको चुनाव गराउन अगाडि बढाइरहेको छ। अध्याँरो कोठामा बसेर योजना बनाउने काम भइरहेको छ। यो सरकारले चुनाव गराउँछ भन्ने भ्रम मात्र हो। सरकारले चुनाव गराउँछ भन्ने कुनै राजनीतिक दल, सुरक्षा अंग र जनताले गरेका छैनन्। ’ 

    महासचिव पोखरेलले अन्तरिम सरकारले चुनाव गराउन प्रहरीको मनोबल उठाउनुपर्ने र खोसिएका हतियार फिर्ता ल्याउनुपर्ने बताए।  ‘अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि अपराधिक समुहको संरक्षण ?’ महासचिव पोखरेलले भने, ‘गृहमन्त्री जेलबाट भागेका अपराधी पक्राउ गर्न रोक्छन्, लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्दछन् । यस्ता व्यक्तिबाट कसरी देशको गृह मन्त्रालय सञ्चालन हुन्छ ? शान्ति सुरक्षा कसरी कायम हुन्छ ?’

    पोखरेलले पार्टी अध्यक्षले नै बानेश्वरमा गएर हतियार चलाएको जस्तो भ्रम छर्न खोजिरहेको बताए। उनले राणा, पञ्चायत, माओवादी द्वन्द्वलगायत अहिलेसम्म नेपालका कुनैपनि आन्दोलन हुँदा प्रधानमन्त्रीमाथि कारबाही नगरिएको जानकारी गराए।

    उनले सुशीला कार्की नेतृत्वको सरकार र गृहमन्त्रीले प्रतिशोधको राजनीति गर्न गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे। उनले द्वन्द्व व्यवस्थापनमा नेपालको यो परम्परा नभएको उल्लेख गरे। पोखरेलले भने, ‘हिंसाका राजनीति अन्त्य गर्ने र अगुवाई गर्ने पार्टी नेपालकै हुन्। तर अहिले आक्रमण गरिँदै गरेको नेपाली कांग्रेस र एमालेहरु नै पार्टी हुन्, आफ्ना हजारौं कार्यकर्ता द्वन्द्वको क्रममा मारिँदा पनि द्वन्दको अन्त्यका लागि विद्रोही शक्तिलाई शान्तिको माध्यममा ल्याएर व्यवस्थापन भएको थियो। नेपाली जनताले चाहेको शान्ति र विकास हो।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट