images

Sep 29 2026 | २०८३, असोज १३ गते

तत्काल संसद फिर्ता गराउन एमाले लाग्छ, कांग्रेस पनि अगाडि बढ्नुपर्छ : ओली

तत्काल संसद फिर्ता गराउन एमाले लाग्छ, कांग्रेस पनि अगाडि बढ्नुपर्छ : ओली

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
  • तत्काल संसद फिर्ता गराउन एमाले लाग्छ, कांग्रेस पनि अगाडि बढ्नुपर्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गराउने बताएका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले पनि यहि बाटोमा लाग्नुपर्ने बताएका हुन्।

    ‘देशको लोकतान्त्रिक बाटोमा फर्काउन असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गर्ने मागलाई राखेर अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन। मैले विश्वास लिएको छु कांग्रेस पनि यहि बाटोमा अगाडि बढाउने छ। एमाले यहि बाटोमा अगाडि बढ्नेछ। अन्य पार्टी पनि लाग्नेछन्।’ओलीले भने, ‘ अर्को बाटो छैन। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने। असंवैधानिक बाटोलाई मान्यता दिँदा देश बर्बाद हुन्छ। पछि ढिला भएछ भनेर पछुतो मान्छन्।’ ओलीले अहिले सरकार राजनीतिक दललाई दमन गर्न खोजिरहेको दाबी गरे। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट