images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा अध्यक्षले भने- एक तिहाइ सदस्यको म्याद सकिँदै छ, ३५ दिनअघि नै निर्वाचन गरौँ

प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा अध्यक्षले भने- एक तिहाइ सदस्यको म्याद सकिँदै छ, ३५ दिनअघि नै निर्वाचन गरौँ

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २६ २०८२
  • प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा अध्यक्षले भने- एक तिहाइ सदस्यको म्याद सकिँदै छ, ३५ दिनअघि नै निर्वाचन गरौँ

    काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । 

    आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।  

    छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए  । 

    जेन-जी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थीत संसद भवन ध्वस्त भएको थियो । हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले जानकारी दिए । त्यस्तै प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभामा रहेका विधेयकहरूका बारेमा समेत छलफल भएको उनले बताए । 

    छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको अध्यक्ष दाहालले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट