images

Sep 29 2026 | २०८३, असोज १३ गते

बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो : गृहमन्त्री

बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो : गृहमन्त्री

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २८ २०८२
  • बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो : गृहमन्त्री

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकार क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार भएकाले कसैलाई बकबक नगर्न चेतावनी दिएका छन् ।

    माइतीघर मण्डलामा एकजना युवा मदन बुढाको अनसन तोडाउने क्रममा गृहमन्त्रीले यो सरकारको काम भ्रष्टाचारीलाई कारबाही गर्ने भएकाले उनीहरूलाई कारबाही गर्दा चुनावको वातावरण बिथोलिन्छ भन्ने तर्क स्वीकार्य नभएको बताए ।

    अर्यालले भने-यो क्रान्तिपछिको सरकार हो । कोही कन्फ्युजनमा नहुन् । अहिले बकबक गरिरहेका मानिस पनि कन्फ्युजनमा होलान्, यो क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार हो । यो सरकारले भ्रष्टाचारी खोज्न पाउँदैन, शान्ति सुरक्षा राख्न पाउँदैन,चुनाव बिथोलिन्छ भन्न पाइँदैन । यो सरकारले चुनाव पनि गराउँछ तर शान्ति सुरक्षा र भ्रष्टाचार निर्मूल गर्ने हाम्रो काम हो । 

    कुनै नेता वा दलको नाम नलिए पनि अर्यालले राजनीतिक दलका नेताहरूलाई लक्षित गरेर बकबक नगर्न भनेका हुन् । उनले भ्रष्टाचारको छानबिन हुने र नागरिकसँग मिलेर यो सरकारले काम गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट