images

Sep 29 2026 | २०८३, असोज १३ गते

म र मेरो परिवारमाथि ज्यानै लिने मनसायले हमलामात्र गरिएन, प्रतिष्ठा र छबि गिराउन झुटो प्रचार गरियो : देउवा

म र मेरो परिवारमाथि ज्यानै लिने मनसायले हमलामात्र गरिएन, प्रतिष्ठा र छबि गिराउन झुटो प्रचार गरियो : देउवा

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २८ २०८२
  • म र मेरो परिवारमाथि ज्यानै लिने मनसायले हमलामात्र गरिएन, प्रतिष्ठा र छबि गिराउन झुटो प्रचार गरियो : देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए।

    'भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी गरे। सुरक्षाकर्मीको घन्टौंको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो। म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्‍यो तपाईंहरू जानकार नै हुनुहुन्छ। त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा  छब गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरियो,' सभापति देउवाले भने।

    उनले आफू र अन्य नेताहरूमाथिको आक्रमण देखिए पनि समग्रमा देश, पति र पार्टीमाथिको आक्रमण भएको ठहर गरेका छन्।

    बैठकमा उनले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताए। 'उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ,' उनले भने। सभापति देउवाले नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रूपमा नेपाली कांग्रेस रहँदै आएको बताए।

    त्यस्तै सभापति देउवाले स्वास्थ्यको कारण देखाउँदै कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट