images

Sep 29 2026 | २०८३, असोज १३ गते

ओलीको चेतावनी - एमाले सधैँ सरकारबाट हट्यो भनेर भ्रममा नपरे हुन्छ

ओलीको चेतावनी - एमाले सधैँ सरकारबाट हट्यो भनेर भ्रममा नपरे हुन्छ

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २९ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २९ २०८२
  • ओलीको चेतावनी - एमाले सधैँ सरकारबाट हट्यो भनेर भ्रममा नपरे हुन्छ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन् ।

    उनले नेकपा एमालेले राम्रो काम गरेकै कारण निशानामा परेको भन्दै सरकारमा रहँदा एमालेले देश र जनताको हितमा काम गरेको दाबी गरे ।

    ‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने– ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एक छिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’ 

    सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध गरिएको भन्दै ओलीले सरकारमा आउन नदिने प्रपञ्च संविधान जारी भएदेखि नै हुँदै आएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट